Kathmandu Press

एमालेका मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष बुझाए राजीनामा

आज (सोमबार) बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको थियो।
एमालेका मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष बुझाए राजीनामा

काठमाडौं, फागुन १५ : एमालेका मन्त्रीहरूले आज (सोमबार) दिउँसाे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'समक्ष राजीनामा बुझाएका छन्।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले  प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।

आज (सोमबार) बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको थियो।

प्रकाशित मिति: १६:०० बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्