Kathmandu Press

सन्दीपको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश जारी गर्ने तयारी

सन्दीपले दायर गरेको निवेदन र उनीविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दायर गरेको पुनरवलोकन निवेदनमाथिको आइतबार हेर्दाहेर्दैमा परेका थिए।
सन्दीपको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश जारी गर्ने तयारी

काठमाडौं, फागुन १५ : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ।

सन्दीपले दायर गरेको निवेदन र उनीविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दायर गरेको पुनरवलोकन निवेदनमाथिको आइतबार हेर्दाहेर्दैमा परेका थिए। ती दुवै मुद्दाको आज (सोमबार) सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएकाले आदेश आजै जारी गर्ने तयारी भइरहेको जनाइएकाे छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलास उक्त मुद्दामा ती मुद्दाको सुनुवाइ भएको हो। नाबालिग किशोरी बलात्कारको अभियोग लागेको सन्दीपलाई उच्च अदालत पाटनले विदेश भ्रमणमा जान नपाइनेसहित पाँच सर्त राखेर २० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पनि सर्वोच्चमा रिट दिएको थियो।

आज (सोमबार) सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे र रोशनी पौडेलले बहस गरे। पीडित नाबालिकको पक्षबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले जवाफी बहस गरे। 

आइतबार पीडितको पक्षबाट सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी, सोमकान्त भण्डारीले र कानुन व्यवसायीहरुले बहस गरेका थिए। सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले पनि बहस गरेका थिए।

पीडितको पक्षबाट बहस गर्नेहरुले सन्दीपलाई टिममा राख्दा विपक्षी खेलाडीहरुले हातसमेत नमिलाएको भन्दै क्रिकेट टिममा राख्न नहुने र उच्च अदालत पाटनले धरौटीमा छाडेको आदेश रद्द गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग राखेका थिए। सन्दीपका वकिलहरुले त्यसको बचाउ गरेका थिए।

प्रकाशित मिति: १५:३४ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्