Kathmandu Press

आठ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जान्छ : माधव नेपाल

आज (सोमबार) सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘आँट भएका दलहरू एक ठाउँमा छौं। यो गठबन्धन चुनावसम्म जान्छ।’
आठ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जान्छ : माधव नेपाल

सुर्खेत, फागुन १५ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनका लागि गरिएको आठ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्।

आज (सोमबार) सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘आँट भएका दलहरू एक ठाउँमा छौं। यो गठबन्धन चुनावसम्म जान्छ।’

उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने बताए।  ‘हामीले अघि सारेका उम्मेदवार रामचन्द्र पौडेलजीको विजय सुनिश्चित छ।’

उनले एमाले अध्यक्ष केपी ओलीले नेकपा एससँग वार्ता गरेर मुलुकको राजनीतिलाई २०७५ को दिशामा फर्काउन सकिन्छ कि भनेर पहल गरे पनि सफल नभएको बताए।

उनले विचार, सिद्धान्त, कार्यशैली मिले आफूहरु पार्टी एकताको पक्षमा रहेको पनि बताए।

‘हामी विचारको आधारमा सहकार्य गर्ने सोच अगाडि सारेका छौं। अझै विचार, सिद्धान्त, कार्यशैली मिल्छ भने हामी पार्टी एकताको पक्षमा छौं।’ एकता नगरिएको अवस्थामा राष्ट्रिय राजनीतिमा क्रान्तिकारी धार भएको पार्टीको रुपमा नेकपा एसलाई अगाडि बढाउने उनको भनाइ थियो।

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्