Kathmandu Press

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने

सोमबार काठमाडौंमा बसेको स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकपछि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै रहेको जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडाैं, फागुन १५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ।

सोमबार काठमाडौंमा बसेको स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकपछि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै रहेको जानकारी दिए।

नेपालको राजनीतिमा अर्को घटनाक्रम बिकसित नभएसम्म सरकारलाई दिएको समर्थन कायमै रहेको उहाले बताए। राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको र उम्मेदवारले उम्मेदवारी फिर्ता दिने समय रहेकाले कसलाई मतदान गर्ने भन्ने बारे कुनै निर्णय नभएको उनले बताए।

बैठकले चितवन २ को प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको बुर्लाकोटीले जानकारी दिए।

बैठकले उक्त उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ।  

प्रकाशित मिति: १४:०१ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्