वसन्तपुरमा विधिवत् रुपमा चिर ठड्याएसँगै होली पर्व सुरु (तस्बिरहरू)
फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ।
काठमाडौं, फागुन १५ : काठमाडौंको वसन्तपुर अगाडि विधिवत्र रुपमा चिर ठड्याएसँगै होली अर्थात फागु पर्व सुरु भएको छ।
फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ।
वसन्तपुरमा सोमबार रंगी विरंगी कपडाहरुको ध्वजा सहितको तीन खण्डे चीर ठड्याईएको हो। चीर ठड्याईसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो। प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका टुक्राटुक्रासहित सजाईएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ।
चन्द्र मास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यही फागुन २२ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा र २३ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदैछ।







प्रकाशित मिति: १३:४३ बजे, सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










