आठ दलले फागुन १८, १९ र २४ गते सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लक्ष्य गरे आयोजना हुने अभिमुखीकरण कार्यक्रमको संयोजन र आवश्यक व्यवस्थापन नेपाली कांग्रेस गर्ने जनाइइको छ।1671589386.jpg)
काठमाडाैं, फागुन १५ : आठ दलीय संयन्त्रले फागुन १८, १९ र २४ गते गठबन्धनमा आबद्ध सबै दलका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संयन्त्रको बैठकले त्यस्तो निर्णय गरेको हो।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लक्ष्य गरे आयोजना हुने अभिमुखीकरण कार्यक्रमको संयोजन र आवश्यक व्यवस्थापन नेपाली कांग्रेस गर्ने जनाइइको छ। संयन्त्रले फागुन १८ गते दिउँसो १ बजे गठबन्धनमा आबद्ध सबै दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।
बैठकले आठ वटै दलका प्रदेशसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम सम्बन्धित प्रदेशको राजधानीमा शुक्रबार (फागुन १९ गते) दिउँसो १ बजे आयोजना गर्ने निर्णय पनि गरेको छ। उक्त कार्यक्रमहरुमा सबै दलहरुले केन्द्रीय नेता खटाउने निर्णय भएको एइक नेताले जानकारी दिए।
आठ वटै दलका संघीय संसदका सदस्यहरु र प्रदेश सभाका सदस्यहरुको संयुक्त अभिमुखीकरण कार्यक्रम फागुन २४ गते विहान ९ बजे काठमाडौंमा आयोजना गर्ने निर्याय पनि बैठकले गरेको छ। त्यसका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका सदस्यहरुलाई २३ गते साँझसम्म काठमाडौंमा उपस्थित भइसक्ने व्यवस्था मिलाउन सम्बन्धित दलहरुले मिलाउने निर्णय पनि गरिएको छ।
कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काको संयोजत्वमा बसेको बैठकमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, जसपाका नेता राजेन्द्रप्रसाद श्रेष्ठ, नेकपा एसका महासचिव वेदुराम भुसाल, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान, लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको उपस्थिति थियो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










