Kathmandu Press

सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता लिने 

सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । 
सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता लिने 

काठमाडौं, फागुन १५ : नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने भएको छ । 

सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । 

एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । 

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसअघि एमालेकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति: १२:५४ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्