Kathmandu Press

एमालेको सचिवालय बैठक सुरु 

एमालेको सचिवालय बैठक सुरु 

काठमाडौं, फागुन १५ : नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो । आजको बैठकमा परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जान रोकेको लगायत विषयमा छलफल हुने बताइएको छ ।  

आइतबार जेनेभा तर्फ प्रस्थान गरेकी परराष्ट्रमन्त्री पौड्याल प्रधानमन्त्रीको निर्देशनपछि त्रिभुवन विमानस्थलबाटै फर्किएका थिए । पौड्यालले आफूमाथि अपमान भएको बताउँदै पार्टीलाई सोबारेमा बताएकी थिइन्। आजको बैठकमा प्रधानमन्त्रीको कदमबारे छलफल हुने बताइएको छ । 

त्यस्तै राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने बताइएको छ। 

प्रकाशित मिति: १२:३५ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्