Kathmandu Press

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, फागुन १५ : नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्दै छ । 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा  बिहान ११ बजे  बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। 

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । 

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। 

प्रकाशित मिति: १०:४० बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्