सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने
सन्दीपलाई थुनामै राखेर पुर्पक्ष गर्न माग गरिएको निवेदन र क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित परेको निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको हो ।
काठमाडौं, फागुन १५ : बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।
सन्दीपलाई थुनामै राखेर पुर्पक्ष गर्न माग गरिएको निवेदन र क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित परेको निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको हो ।
आइतबार सरकारी पक्षका वकिलहरूको बहस सकिएर सन्दीप पक्षका वकिलको बहस नसकिएपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको थियो ।
प्रकाशित मिति: ०८:१५ बजे, सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1790332718.jpg)