Kathmandu Press

अग्युरोको ह्याट्रिकमा सिटीको शानदार जीत

एजेन्सी, पुस २८ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि शानदार जीत निकालेको छ ।

आइतबार भएको खेलमा सिटीले एस्....

अग्युरोको ह्याट्रिकमा सिटीको शानदार जीत

एजेन्सी, पुस २८ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि शानदार जीत निकालेको छ ।

आइतबार भएको खेलमा सिटीले एस्टन भिल्लालाई ६-१ गोलको फराकिलो अन्तरले हराएको हो । एस्टनको मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै रियाद महरेजले दुई गोल गर्दा ग्राबियल जिससले एक गोल गरे ।

एस्टनका अनवर एल घाजीले एक गोल फर्काए । प्रिमियर लिगमा अग्युरोले करियरको १२ औं ह्याट्रिक गरेका छन् । यससँगै अग्युरोले प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी एलन शेयररको कीर्तिमान समेत तोडेका छन् ।

जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २२ खेलमा ४७ अंक जोडेको छ । तर, सिटी शीर्ष स्थानको लिभरपुल भन्दा अझै १४ अंकले पछि छ । लिभरपुलको ६१ अंक रहेको छ ।

प्रकाशित मिति: ०८:५७ बजे, सोमबार, पुस २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्