आज पनि मेघगर्जनसहित पानी पर्ने अनुमान
यस्तै, आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका एक, दुई ठाउँमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ । आज दिउँसो वर्षाको सम्भावना रहे पनि राति भने पानी नपर्ने मौसमविद्ले जनाएका छन् ।
काठमाडौं, फागुन १५ : आज पनि काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश १ का थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका एक, दुई ठाउँमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ । आज दिउँसो वर्षाको सम्भावना रहे पनि राति भने पानी नपर्ने मौसमविद्ले जनाएका छन् । आज हिजोको भन्दा कम र भोलि आजको भन्दा कम वर्षाको सम्भावना छ ।
यसपालि हिउँदयाम सकिनै लाग्दा हिउँदे वर्षा भएको हो । यसअघि पश्चिमी क्षेत्रमा केही वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा पानी पर्न सकेको थिएन । हिउँद सकिनै लाग्दा भएको वर्षाले केही राहत दिएको छ।
प्रकाशित मिति: ०७:३६ बजे, सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










