प्रधानमन्त्री प्रचण्डले राेके परराष्ट्रमन्त्री पाैड्यालकाे जेनेभा भ्रमण

काठमाडाैं, फागुन १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् । आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाएका हुन् ।
पाैड्याल मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जाने तयारीमा थिइन।
प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजानु भनेकाे पौड्यालकाे प्रेस विज्ञ यशोदा अधिकारीले बताइन।
परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लागेकी थिइन् । मन्त्री पौड्याल नगएपछि अब मन्त्रालयबाट परराष्ट्रकै अधिकारीहरुले नेतृत्व गरेर जेनेभा जाने छन् ।
प्रकाशित मिति: १८:४७ बजे, आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










