Kathmandu Press

किशाेरी बन्धक बनाई याैन शाेषण गरेकाे आराेपमा चिनियाँ नागरिक पक्राउ

किशाेरी बन्धक बनाई याैन शाेषण गरेकाे आराेपमा चिनियाँ नागरिक पक्राउ

ललितपुर, फागुन १४ : प्रहरीले किशाेरी बन्धक बनाई याैन दुर्व्यवहार गरेकाे आराेपमा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा चीनको फुजिन सी मेन घर भई हाल ललितपुर महानगरपालिका–२२ मा बस्दै आएका ४९ वर्षीय याङ लिमिङ छन् ।

लिमिङले ललितपुर महानगरपालिका–२२ सोह्रखुट्टेस्थित विभिन्न प्रलोभनमा पारेर किशाेरीकाे याैन शाेषणा गर्ने गरेकाे खुलेकाे छ। 

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहका अनुसार लिमिङलाई शनिबार साँझ ललितपुर बुङमतीबाट नियन्त्रणमा लिई अनुसन्धान थालेको
छ। 

प्रहरीले लिमिङले बन्धक बनाएका तीन किशाेरीकाे उद्धार गरेको जनाएको छ । कास्की महानगरपालिका–१० रामबजारका १७ वर्षीया दुई र झापा मेचीनगर नगरपालिका–११ का १३ वर्षीया किशोरीलाई बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

ती चिनियाँ नागरिक कुन प्रयोजनका लागि कहिले नेपाल आए, उक्त घरमा के गर्छन् भन्ने यकिन नभएको र उनीबाट कति किशोरी पीडित छन् भन्ने समेत नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८:२८ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्