Kathmandu Press

थप तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

थप तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडाैं, फागुन १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाल्ने भएका छन।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा आज विभिन्न तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीले शनिबार प्रधानमन्त्री दाहाल समक्ष राजीनामा दिएका  थिए। राजीनामा दिने मन्त्रीहरूमा उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रवबहादुर प्रधान छन।

प्रकाशित मिति: १८:१३ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्