Kathmandu Press

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई कुनै पनि हालतमा धोका दिन्न : मीन विश्वकर्मा

आइतबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा दुई तिहाई बहुमत पुर्याउने आफूहरुको तयारी रहेको पनि बताए।
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई कुनै पनि हालतमा धोका दिन्न : मीन विश्वकर्मा

काठमाडौं, फागुन १४ : नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री प्रचण्डलाई कुनै पनि हालतमा धोका नदिने बताएका छन्।

आइतबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा दुई तिहाई बहुमत पुर्याउने आफूहरुको तयारी रहेको पनि बताए। उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि नै सरकारको स्वरुप निर्धारण हुने जानकारी दिए।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गर। राष्ट्रपतिको निर्वाचनमा पार्टीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरिसकेकोले त्यसबाट दायाँबायाँ नहुने पनि उनको भनाइ छ।

त्यस्तै नेकपा (एमाले) का नेता माधवप्रसाद ढुंगेलले अहिलेको संसद्मा भएको प्रतिनिधित्वले राजनीतिलाई स्थिरता नदिने जिकिर गरे। उनले राष्ट्रपतिमा पार्टीले अघि सारेको उम्मेदवार सुवासचन्द्र नेम्वाङ योग्य र सक्षम भएकोले निर्वाचित हुने विश्वास व्यक्त गरे।

साक्षात्कारमा जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले निर्वाचनअघिको पाँच दलीय गठबन्धन भत्किनै लाग्दा पनि आफू उक्त गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिएको र त्यसको लागि निकै धेरै प्रयत्न गरेको र अहिलको नयाँ गठबन्धन देशको हितमा रहेको बताए। 

प्रकाशित मिति: १७:४७ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्