Kathmandu Press

प्रचण्डजी देब्रेपट्टि हेर्नुहुन्छ, निशाना दाहिनेपट्टि हुन्छ : ओली 

आफूलाई त्यस ठाउँमा पुर्याउने योद्धाहरुलाई धोका दिनुभयो । सहिदहरुलाई धोका दिनुभयो भने मलाई धोका दिन कुन ठूलो कुरा भयो ?’ ओलीले भने ।
प्रचण्डजी देब्रेपट्टि हेर्नुहुन्छ, निशाना दाहिनेपट्टि हुन्छ : ओली 

काठमाडौं, फागुन १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष  ओलीले प्रचण्डले आफूलाई धोका दिएको बताउँदै उनको आलोचना गरेका हुन् । धोका दिन र छक्याउन प्रचण्डलाई कुनै अप्ठ्यारो नलाग्ने पनि ओलीले बताए । 

‘जनतालाई धोका दिनुभयो, सहयोद्धाहरुलाई धोका दिनुभयो । आफूलाई त्यस ठाउँमा पुर्याउने योद्धाहरुलाई धोका दिनुभयो । सहिदहरुलाई धोका दिनुभयो भने मलाई धोका दिन कुन ठूलो कुरा भयो ?’ ओलीले भने ।

बालुवाटार र बालकोटमा भएको पटकपटकको भेटवार्तामा पनि प्रचण्डले आफूलाई छक्याउने कुरा गरेको ओलीले स्मरण गरे ।  

‘उहाँ हातमा चक्कु लिएर बस्नुभएको थियो । मलाई भन्नुभयो, फूल लिएको छु तपाईँलाई भ्रम नपरोस् । मैले फूल लिएको हो हातमा चक्कुजस्तो देख्नुभयो होला तपाईँले । भ्रम हो, चक्कु होइन फूल हो भन्नु भयो,’ओलीले भने,‘ तपाईँले भनेपछि फूलै हो नि किन होइन भन्दै बसेँ म । तर, मेरो आँखाले धोका खाएको थिएन ।’

उनले प्रचण्डको बोल्ने भाषा र गर्ने काम फरक फरक हुने आरोपसमेत लगाए । ‘उहाँ बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्कै । हेर्नु देब्रेपटी हुन्छ, निशाना दाहिनेपट्टि हुन्छ,’ओलीको भने । 

तर, प्रचण्डको यस्तो प्रवृत्ति आफूले पहिलैदेखि चिनेको ओलीको भनाई थियो । प्रचण्डले भनेजस्तो दुई महिना साँच्चिकै उनलाई गाह्रै परेको ओलीले बताए ।‘ हरियो देख्नै नहुने दाम्लो छिनाएर जान खोज्ने, मैले रोक्दिने । गाह्रो त गाह्रो परेको थियो,’ उनले भने । ओलीले प्रचण्ड धेरै समय टिक्न नसक्ने कुरामा आफू अवगत रहेको बताए । 
 

प्रकाशित मिति: १६:४८ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्