Kathmandu Press

बाल नाटक मेलामा निस्ट स्कुल सर्वोत्कृष्ट

यहीँ फागुन ८ गतेदेखि मञ्चन भएका विभिन्न नाटकलाई पछाडि पार्दै निष्ट स्कुलको उक्त नाटकले रु एक लाख ३० हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ।
बाल नाटक मेलामा निस्ट स्कुल सर्वोत्कृष्ट

भक्तपुर, फागुन १४ : नाट्यकर्मी महासंघ नेपालको आयोजना तथा सांस्कृतिक संस्थान र प्याब्सनको सहआयोजनामा भएको राष्ट्रिय बाल नाटक मेला २०७९ मा निस्ट स्कुलको नाटक ‘पार्वती/छोरीको मुन्डामा फोलि’ नामक नाटकले सर्वोत्कृष्ट नाटकको पुरस्कार हात पारेको छ। 

यहीँ फागुन ८ गतेदेखि मञ्चन भएका विभिन्न नाटकलाई पछाडि पार्दै निष्ट स्कुलको उक्त नाटकले रु एक लाख ३० हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले विद्यालय तथा विद्यार्थीलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिन्। 

मेलामा निष्ट स्कुलको उक्त नाटकले विभिन्न सात विद्यामा सर्वोत्कृष्ट नाटक, उत्कृष्ट निर्देशक, उत्कृष्ट शृङ्गार, उत्कृष्ट पार्श्व ध्वनि, उत्कृष्ट भेषभुषा, उत्कृष्ट कलाकार सहायक चरित्र पुरुष र उत्कृष्ट कलाकार नकारात्मक चरित्र पुरुषमा सर्वोत्कृष्ट घोषित भई पुरस्कार हात पारेको हो।

निष्ट स्कुलका कक्षा ५ र ६ का १२ विद्यार्थीले जिवन्त अभिनय गरेको उक्त नाटकलाई स्कुलका नाटक शिक्षक पुष्पराज अवस्थीले निर्देशन गर्नुभएको विद्यालयका प्रिन्सिपल चन्द्र अधिकारीले जानकारी दिए।

काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र दाङका ११ स्कुलका ११ नाटक मेलामा प्रतियोगितात्मक रुपमा मञ्चन गरिएको महासङ्घका अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिए।

विभिन्न २० विधामा पुरस्कार दिइएको उक्त नाटक मेलाका नाटकको वरिष्ठ रङ्गकर्मी, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभले मुख्य निर्णायक र प्रथम नायिका भुवन चन्द तथा रङ्गकर्मी शेखर चापागाईंले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्