वामपन्थीभित्र अरु नै पन्थहरु विकसित भएकाले एक ठाउँमा आउन सक्दैनन् : खनाल

काठमाडौं, फागुन १४ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थीहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिएका छन् ।
आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खनालले संसदमा अहिलेपनि वामपन्थीहरुको बहुमत रहेको बताए । ‘तर, वामपन्थीहरुभित्र अरु नै पन्थहरु विकसित भएकाले उनीहरु एक ठाउँमा आउन सक्दैनन्,’उनले भने।
उनले वामपन्थीहरु एकै ठाउँमा आउँदा प्रगतिशील नीति, कार्यक्रम लिएर अगाडि बढ्न सकिने सम्भावना पनि मुलुकको सामून्ने रहेको बताए । वामपन्थीहरुबीच न्यूनतम एकता गरेर आए भने अलि भिन्न परिस्थिती आउन सक्ने उनको भनाई छ । ‘उनीहरु या त यथास्थितिवादीसँग या पुनरुत्थानवादीहरुसँग अँगालो नहालीकन अगाडि बढ्न सक्ने अवस्था अहिले देखिएन,’ उनले भने ।
खनालले मुलुकका खास खास पार्टीहरुले सत्तालाई नै केन्द्रबिन्दु बनाएर हिँडेको बताए । उनले आफू त्यो लाइनमा नभएको पनि स्पष्ट पारे ।
‘सत्ताप्राप्तिको ¥याल चुहाएर हिँड्ने प्रवृत्तिमा म चाहीँ छैन । मेरो चर्चा हुने गर्छन् तर मेरो कारणले चर्चा भएको छैन । म चर्चाको निम्ति बढी भेटेरे हिँडेको पनि छैन,’ खनालले भने ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










