Kathmandu Press

राप्रपाले प्रदेश १ सरकार तत्काल नछाड्ने

उद्योग कृषि तथा सहकारी मन्त्रीसमेत रहेका राप्रपा प्रदेश १ संसदीय दलका नेता भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताएका छन्।
राप्रपाले प्रदेश १ सरकार तत्काल नछाड्ने

विराटनगर, फागुन १४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश १ सरकार तत्काल नछाड्ने भएको छ।

राष्ट्रपति निर्वाचन नजिकिएसँगै केन्द्रीय सत्ता समीकरण फेरिँदा राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय लिए पनि प्रदेश १ मा भने एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ।

संघीय सरकारमा उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित चार मन्त्रीले राजीनामा दिइसकेका छन्। वाग्मती प्रदेश सरकारबाट भने राप्रपा बाहिरिएको अवस्ता छ। 

उद्योग कृषि तथा सहकारी मन्त्रीसमेत रहेका राप्रपा प्रदेश १ संसदीय दलका नेता भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताएका छन्। अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेको उनको भनाइ छ।

गत पुस २४ गते गठन भएको हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश १ सरकारमा राप्रपा पनि सम्मिलित छ। उक्त सरकारलाई प्रदेश १ मा राप्रपाको ६ सिट रहेको छ। उक्त सरकारमा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टी (जसपा) पनि सहभागी छन्।

प्रदेश १ सभा ९३ सदस्यीय रहेको छ। त्यहाँ बहुमत पुर्‍याउन ४७ सिट चाहिन्छ। जसपा र राप्रपाले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता नलिए प्रदेश १ को सरकार ढल्दैन। त्यहाँ सबैभन्दा ठुलो दल एमालेको ४० सिट छ भने कांग्रेसको २९ सिट रहेको छ। माओवादी केन्द्रका १३ सिट र नेकपा एसका चार सिट छन् भने र जसपाको १ सिट रहेको छ।

त्यहाँ एमाले नेतृत्वको सरकार जोगाउन जसपाले पनि समर्थन कायमै राख्नुपर्ने देखिन्छ। केन्द्रमा बनेको आठदलीय गठबन्धनमा जसपा पनि सामेल रहेकाले त्यो सम्भावना कम देखिन्छ।  

प्रकाशित मिति: १३:०० बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्