Kathmandu Press

प्रधानमन्त्री दाहाल फागुन १९ कतार जाने

अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन उनी कतार जान लागेका हुन्। उनका साथमा परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि कतार जाँदैछिन्।
प्रधानमन्त्री दाहाल फागुन १९ कतार जाने

काठमाडौं, फागुन १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही फागुन १९ कतार जाने भएका छन्। गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ।

अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन उनी कतार जान लागेका हुन्। उनका साथमा परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि कतार जाँदैछिन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने र त्यहाँ उपस्थित राष्ट्र प्रमुख र सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

सोही भ्रमणमा क्रममा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि उनी सहभागी हुने परराष्ट्र मन्त्रालयको भनाइ छ। उनी फागुन २२ गते स्वदेश फर्किनेछन्।

प्रकाशित मिति: १२:५७ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्