Kathmandu Press

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक 

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक 

काठमाडौं, फागुन १४ : राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । 

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा भाेलि दिउँसो बस्नेगरी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो । आजको बैठकले राष्ट्रपतिमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने बताइएको छ । 

राष्ट्रपतिमा नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ  भने कांग्रेस लगायत आठ दलबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पक्षमा मत माग्दै रास्वपालाई पनि पत्र पठाएको छ । 

आजको बैठकमा ओलीले पठाएको पत्रका सम्बन्धमा पछि छलफल हुनेछ । 

रास्वपा यसअघि नै सरकारबाट बाहिरिएपनि समर्थन भने कायम राखेको छ । प्रधानमन्त्रीले गठबन्धन फेरबदल गरेपछि एमाले नेतृत्वको गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिसकेको छ । 

रास्वपाले राष्ट्रपतिका सम्बन्धमा दुबै उम्मेदवार सम्वद्ध दलहरुसँग छलफल गरेको भएपनि कसैलाई पनि निर्णय भने दिएको छैन। 

प्रकाशित मिति: १२:१७ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्