Kathmandu Press

सन्दीप लामिछानेको मुद्दा सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासमा 

सन्दीप लामिछानेको मुद्दा सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासमा 

काठमाडौं, फागुन १४ : राष्ट्रिय टिमबाट विदेशमा खेल्न जान पाउनुपर्ने मागसहित क्रिकेटर सन्दीप लामिछानेले दिएको मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासले मुद्दाको सुनुवाई गर्ने भएको छ । 

सर्वोच्चले सन्दीपले दिएको मुद्दा र उनीविरुद्ध परेको मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाई गर्दै छ । नाबालिग बलात्कारकोअभियोग लागेको सन्दीपलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । उच्चले उनलाई विदेश भ्रमणमा जान रोक लगाउँदै अन्य पाँच शत राखेर धरौटीमा रिहा गरेको थियो । 

उक्त आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पनि सर्वोच्चमा रिट दिएको थियो । महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको छ । 

सर्वोच्च अदालतले उच्चकाे आदेश बदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनी विदेश जान पाउनेछन्। 

प्रकाशित मिति: ११:४३ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्