सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं, फागुन १४ : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले आज सुनुवाई गर्दै छ ।
नाबालिग बलात्कार मुद्दामा उच्च अदालत पाटनले दिएको आदेशविरुद्ध लामिछाने र महान्यायाधिवक्ताको कार्यालयले दिएको दुबै रिटलाई एकै ठाउँमा राखेर सर्वोच्चले आज सुनुवाई गर्न लागेको हो ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबारदेखि युएईमा हुने त्रिकोणात्मक सिरिजको पूर्वसन्ध्यामा लामिछानेले राष्ट्रिय टिमबाट विदेशमा खेल्न जान पाउनुपर्ने मागसहित बिहीबार सर्वोच्चमा रिट दिएका थिए ।
उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सन्दीपलाई तत्काल विदेश जान अनुमति नदिने आदेश गर्दै आइतबारका लागि अन्तिम सुनुवाई तोकेको थियो । सर्वोच्चले आज सन्दीपको पक्षमा सुनुवाई गरे भोलि हुने खेलमा सहभागी हुन सक्नेछन् ।
ृउच्च अदालत पाटनले सन्दीलाई २० लाख धरौटीमा रिहा गरेको थियो । तर, उनलाई विदेश जान भने रोक लगाइएको थियो । महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई कारागारमै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग सहित सर्वोच्चमा रिट दिएको छ ।
यी दुबै रिटको सुनुवाई आज हुने भएको छ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










