राप्रपाले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने

मकवानपुर, फागुन १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले आजैबाट सरकार छाड्ने घोषणा प्रदेशसभाको बैठकमा गरेका छन् ।
शनिबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री थापाले सरकारबाट अलग भएर अर्को बैठकबाट प्रतिपक्षमा बस्ने घोषणा गरेका हुन् । उनले औपचारिकरुपमा प्रदेशका मुख्यमन्त्रीलाई सामूहिकरुपमा आजै राजीनामा बुझाउने बताए । उनका अनुसार प्रदेश सरकारको राम्रा कामलाई समर्थन गर्दै राप्रपाले रचनात्मक प्रतिपक्षको भूमिकामा निर्वाह गर्नेछ ।
उनले सत्तापक्षमा रहदाँसमेत अपहेलित हुन परेको भन्दै राप्रपाले संविधान विपरीतका कुनै पनि कदम नचालेको दाबी गरे । संवैधानिक राजतन्त्र, वैद्धिक सनातन हिन्दु राष्ट्र निर्माण, संघीयता नभई एकात्मक राज्य व्यवस्थासहित सशक्त स्थानीय तह निर्माण राप्रपाको एजेन्डा भएको उनले बताए ।
प्रदेशसभामा राप्रपाका १३ सांसद रहेका छन् ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










