नेम्वाङकाे पक्षमा भोट माग्दै नेपाललाई ओलीको पत्र
‘आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमतिअनुसार हाम्रो पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङलाई यही २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गरिएको छ।'
काठमाडौं, फागुन १३ : एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिको निर्वाचनमा सुवास नेम्वाङलाई भोट दिन आग्रह गर्दै नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालाई पत्र पठाएका छन्।
आज (शनिबार) एमालेका तर्फबाट उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिको उम्मेदवारी दर्ता गरेसँगै अध्यक्ष ओलीले भोट माग्दै नेपाललाई पत्र पठाएका हुन्।
पत्रमा ओलीले नेपाललाई सम्बोधन गर्दै आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमतिकै आधारमा अनुसार एमालेबाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारमा मनोनयन गरिएको उल्लेख गरेका छन्।
‘आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमतिअनुसार हाम्रो पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङलाई यही २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गरिएको छ। नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु,’ उनले पत्रमा भनेका छन्।
अध्यक्ष ओलीले ललितपुरको च्यासलमा बसेको पार्टीको सचिवालयको बैठकले गरेको निर्णायअनुसार कांग्रेस बाहेकका अन्य दलका प्रमुखलाई पनि नेता नेम्वाङलाई राष्ट्रपतिमा निर्वाचित गराउन आग्रह गर्दै पत्र लेखेका छन्।

![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










