नेविसंघले फागुन १६ बाट ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम आयोजना गर्ने
नेविसंघले शैक्षिक, राजनीतिक विषय मात्र नभएर विज्ञान प्रविधिको विषयलाई पनि प्राथमिकतामा राख्दै आएको अध्यक्ष शेर्पाले बताए।
काठमाडाैं, फागुन १३ : नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिको आयोजना र नेविसंघ पुल्चोक क्याम्पस एकाइ समितिको सहआयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रमको आयोजना हुने भएको छ।
यही फागुन १६, १७ र १८ गते पुल्चोक क्याम्पसमा हुने ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्याहरुलाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा तथा परिचर्चासँगै समाधानको प्रयास थालिने नेविसंघले जनाएको छ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले ह्याकाथुन कार्यक्रमको तयारी बारे जानकारी दिँदै अहिले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुको आकर्षण घटिरहेको बताए। उनले विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयको विकल्प खोजिरहेको उनको भनाइ छ।
नेविसंघले शैक्षिक, राजनीतिक विषय मात्र नभएर विज्ञान प्रविधिको विषयलाई पनि प्राथमिकतामा राख्दै आएको अध्यक्ष शेर्पाले बताए।
प्रकाशित मिति: १६:४२ बजे, शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










