Kathmandu Press

एमालेले सत्ता नछाडेकाले कांग्रेस सरकारमा जान हतारिनुहुन्न : शेखर काेइराला

मुलुकका लागि रामचन्द्र पौडेल सक्षम पात्र भएको र राष्ट्रपति निर्वाचनमा सबैले सहयोग गनुर्नेपर्नेमा उनले जाेड दिए। 
एमालेले सत्ता नछाडेकाले कांग्रेस सरकारमा जान हतारिनुहुन्न : शेखर काेइराला

काठमाडाैं, फागुन १३ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिका विषयमा दलहरुबीच छलफल भएको अहिले नै सरकारका विषयमा छलफल गर्ने बेला नभएको बताएका छन्।

शनिबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले सरकार नछाडेको अवस्थामा अहिले नै कांग्रेस सरकारमा जान नहतारिने जिकिर पनि गरे।

मुलुकका लागि रामचन्द्र पौडेल सक्षम पात्र भएको र राष्ट्रपति निर्वाचनमा सबैले सहयोग गनुर्नेपर्नेमा उनले जाेड दिए। 

उनले संविधानको रक्षा र विधिको शासन सुदृढ तुल्याउन पौडेलको उम्मेदवारी स्वाभाविक भएको उल्लेख गरे। उनले पौडेलको व्यक्तित्व, उनले खेलेको वर्षौँको भूमिकाप्रति अहिले न्याय मिलेको बताए।

संसदीय प्रणालीमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएकाे स्पष्ट पार्दै उनले यसबाट राजनीतिक स्थिरता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। नेता कोइरालाले राष्ट्रपति निर्वाचनमा संघमा बनेको नयाँ गठबन्धन अटोमेटिक रुपमा प्रदेशसम्म जाने विश्वास व्यक्त गरे।

त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले सरकार पुनर्गठनमा जान हतार गर्न नहुने बताए। प्रचण्ड नेतृत्वको सरकार रहेको अवस्थामा २५ गतेपछि पनि प्रचण्डकै सरकारले निरन्रतता पाउने उहाको भनाइ छ।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आगामी दिनमा भने नया समीकरण बन्न सक्ने तर्क गरे। उनले २५ गतेसम्म धमिलो पानीमा खेल्ने एमालेको षडयन्त्र पूरा नहुने जिकिर गरे। उनले संविधानको रक्षाका लागि पनि कांग्रेसका उम्मेदवारको विजयी सुनिश्चित रहेको बताए। 

प्रकाशित मिति: १६:२७ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्