Kathmandu Press

प्रधानमन्त्रीद्वारा सांसद रहमानको निधनप्रति दुःख व्यक्त

सांसद रहमानको आज ६४ वर्षको उमेरमा निधन भएको हो। सूर्यविनायक नगरपालिका–३ घ्याम्पेडाँडामा पिकनिक मनाउन गएकी रहमानको हृदयघातका कारण निधन भएको हो। 
प्रधानमन्त्रीद्वारा सांसद रहमानको निधनप्रति दुःख व्यक्त

काठमाडाैं, माघ १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दिवङ्गत सांसद रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गरेका हुन्।

'प्रतिनिधिसभाका माननीय सदस्य सहनाज रहमानको ६४ वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुख व्यक्त गर्दछु। माननीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु,' उनले फेसबुकमा लेखेका छन्। 

सांसद रहमानको आज ६४ वर्षको उमेरमा निधन भएको हो। सूर्यविनायक नगरपालिका–३ घ्याम्पेडाँडामा पिकनिक मनाउन गएकी रहमानको हृदयघातका कारण निधन भएको हो। 
    
जसपा गैरभौगोलिक विशेष प्रदेश समिति, बौद्धिक पेसाकर्मी समितिले आयोजना गरेको होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रममा भद्रपुर नगरपालिका–६ स्थायी घर भई हाल मध्यबानेश्वर काठमाडौँ बस्ने ६४ वर्षीय रहमान वनभोजस्थलमै मेचबाट एक्कासी ढलेर बेहोस भएपछि उपचारका लागि मध्यपुर अस्पताल ठिमीमा लगिएकामा अस्पतालका चिकित्सकले सांसद रहमानको मृत्यु भएको घोषणा गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए। 
    
जसपाकी केन्द्रीय सदस्यसमेत रहेकी समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद भएकी थिइन्।

सांसद रहमानको शव मध्यपुर अस्पतालबाट कानुनी प्रक्रिया पुर्‍याएर लैजाने तयारी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: १५:२३ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्