Kathmandu Press

राष्ट्रपतिका लागि राष्ट्रिय सहमति मेरो हकमा पनि हुन सक्छ : नेम्वाङ

विगतमा संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको स्मरण पनि उनले गरे।
राष्ट्रपतिका लागि राष्ट्रिय सहमति मेरो हकमा पनि हुन सक्छ : नेम्वाङ

काठमाडौं, फागुन १३ : राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्न सक्ने बताएका गरेका छन्।

पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वसभामुखसमेत रहेका उनले भने, ‘राष्ट्रिय सहमति मेरो हकमा पनि हुन सक्छ।’

विगतमा संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको स्मरण पनि उनले गरे।  ‘मलाई जित्नेमा विश्वास छ। त्यसैले त उठिराखेको छु। अहिलेसम्म उम्मेदवारी दर्ता गर्न कोही आउनुभएको छैन। आउनुभएछ भने पनि मेरो सम्मान छ,’ उनले भने। प्रतिस्पर्धा भए परिणाम स्विकारेर गरेर अघि बढ्नेसमेत उनले बताए। उम्मेदवारी दर्तापछि नेम्वाङले जनताको राष्ट्रपतिको महसुस हुनेगरी काम गर्ने बताए। आठ दलीय गठबन्धनबारे आफूले कुनै टिप्पणी नगर्ने पनि उनले बताए।

उम्मेदवारी दर्ता कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताहरू उपस्थित थिए। उनको प्रस्तावकमा केपी ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन्। उनको समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन्।

प्रकाशित मिति: १४:०४ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्