जसपा सांसद सहनाज रहमानको निधन
हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा उनकाे निधन भएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
काठमाडाैं, फागुन १३ : जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ ।
हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा ६७ वर्षीया उनकाे निधन भएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
भक्तपुरमा आयोजित पिकनिकमा सहभागिता जनाइरहेका बेला अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियाे। बस्नेतका अनुसार अस्पतालले आज (शनिबार) उनलाई मृत घोषणा गरेको हाे।
जसपा केन्द्रीय सदस्यसमेत रहेकी उनी झापा निवासी हुन्। उनी समानुपातिकबाट सांसद बनेकी थिइन्।
२०६३ देखि मधेसी जनअधिकार फोरममा सक्रिय भएकी उनी साे पार्टीकाे महिला संघमा दुई कार्यकाल अध्यक्ष भएकी थिइन्।
प्रकाशित मिति: १३:४८ बजे, शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










