Kathmandu Press

कांग्रेस नेता पाैडेल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता

नेपाली कांग्रेसले आज (शनिबार) राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल भेटका लागि रविको हात्तिगौंडास्थित निवासमा पुगेका थिए।
कांग्रेस नेता पाैडेल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं, फागुन १३ : नयाँ राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेसबाट उम्मेदवार रहेका रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटका छन्।

नेपाली कांग्रेसले आज (शनिबार) राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल भेटका लागि रविको हात्तिगौंडास्थित निवासमा पुगेका थिए। भेटमा पौडेलले राष्ट्रपति चुनावमा आफूलाई सघाउन रास्वपा सभापति लामिछानेसँग आग्रह गरे।

लामिछानेले सहयोग गर्ने या नगर्नेबारे स्पष्ट जवाफ दिएनन्। उनले पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिने जवाफ पौडेललाई फर्काएको जनाइएको छ।

माओवादी केन्द्रसहित आठ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेको छ। सरकारलाई समर्थन रहेको रास्वपाले भने केही निर्णय गरिसकेको छैन। सरकारमै रहेको राप्रपाले भने आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन लगाएर समर्थन पनि फिर्ता लिइसकेको छ। 

प्रकाशित मिति: १३:३१ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्