राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता

काठमाडौं, फागुन १३ : एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका छन्।
संसद् भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
आज (शनिबार) पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। तदनुनुसार नेम्वाङले उम्मेदवारी दर्ता गरेका हुन्।
उम्मेदवारी दर्ता कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरू उपस्थित थिए।
उनको प्रस्तावकमा केपी ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन्। उनको समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन्।
प्रकाशित मिति: १३:०९ बजे, शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










