माओवादी केन्द्रले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई मत दिन्छ : ओली
राष्ट्रपतिको उम्मेदवार तय गर्न बसेको आज (शनिबार) पार्टी कार्यालय च्यासलमा बसेको बैठक सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
काठमाडौं, फागुन १३ : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार माओवादी केन्द्रले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई मत दिने बताएका छन्।
राष्ट्रपतिको उम्मेदवार तय गर्न बसेको आज (शनिबार) पार्टी कार्यालय च्यासलमा बसेको बैठक सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्ठ्यारो भए पनि पुस १० कै सहमतिअनुसार एमाले उम्मेदवारलाई नै भोट हाल्ने उनकाे भनाइ थियाे।
'प्रचण्डजीले मलाई के के अप्ठ्यारो पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ,' ओलीले भने, 'तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने हामीलाई लगभग यकिन छ।'
गत पुस १० गते एमाले र माओवादी लगायतका सत्तारुढ गठबन्धनबीच एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो।
आठ दलको गठबन्धनले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गसिसकेकाे भन्ने सञ्चारकर्मीकाे प्रश्नकाे जवाफ दिँदै ओलीले चिया खान बोलाइएका सबैकाे समर्थन हुन्छ भनेर बुझ्न नहुने बताए।
राष्ट्रपतिका लागि एमालेले सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेका छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










