Kathmandu Press

एमालेबाट दुर्गा प्रसाई निष्कासित

चितवनमा सम्पन्न दसौं महाधिवेशन हलबाटै केन्द्रीय सदस्य बन्न चाहे पनि सफल हुन सकेनन्। उनी पछि केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। उनी एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखको जिम्मेवारीमा पनि थिए।
एमालेबाट दुर्गा प्रसाई निष्कासित

काठमाडौं, फागुन १३ : एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीबाट निष्कासन गरेको छ।

आज (शनिबार) बसेको एमाले सचिवालय बैठकले उनलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।

प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। ‘केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीबाट हटाएका छौं,’ बैठकको निर्णय जानकारी गराउँदै प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने।

प्रसाईले मेची–महाकाली अभियानका नाममा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई झापामा बोलाएर कार्यक्रम गरेका थिए। एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । सोही  सिफारिसअनुसार शनिबार प्रसाईलाई निष्कासन गरिएको हो। 

उनी कुनै बेला माओवादीनिकट थिए। एमालेले २०७८ असोजमा ललितपुरमा गरेको विधान महाधिवेशनमा उनी प्रतिनिधि बनेका थिए । विधान महाधिवेशन सकिएपछि झापामा औपचारिक कार्यक्रम गर्दै उनले एमाले प्रवेशको घोषणा गरेका थिए ।

चितवनमा सम्पन्न दसौं महाधिवेशन हलबाटै केन्द्रीय सदस्य बन्न चाहे पनि सफल हुन सकेनन्। उनी पछि केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। उनी एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखको जिम्मेवारीमा पनि थिए।

प्रकाशित मिति: १२:४० बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्