Kathmandu Press

एमाले सरकारबाट नबाहिरिने, राष्ट्रपतिको निर्वाचनसम्म प्रधानमन्त्रीको बाटो हेर्ने 

एमालेले पुस १० गतेको सहमति कार्यान्वयन गर्नका लागि राष्ट्रपतिको निर्वाचनसम्म पर्खिने निर्णय गरेको हो ।
एमाले सरकारबाट नबाहिरिने, राष्ट्रपतिको निर्वाचनसम्म प्रधानमन्त्रीको बाटो हेर्ने 

काठमाडौं, फागुन १३ : नेकपा एमाले तत्काल सरकारबाट नबाहिरिने भएको छ । शनिबार च्यासलमा बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो । 

बैठकले पुस १० गतेको सहमति कार्यान्वयन गर्नका लागि राष्ट्रपतिको निर्वाचनसम्म पर्खिने निर्णय गरेको हो । एमालेले राष्ट्रपतिको निर्वाचनसम्म प्रधानमन्त्रीलाई पुस १० को सहमति कार्यान्वयनका लागि सहमति गराउन सकिने सम्भावना रहेका कारण तत्काल सरकारबाट नबाहिरिने रणनीति लिएको हो । 

राप्रपा भने सरकारबाट बाहिरिसकेको छ । उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । 
एमालेको सचिवालय बैठकले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । 
 

प्रकाशित मिति: ११:३१ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्