Kathmandu Press

राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक जारी

राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक जारी

काठमाडौं, फागुन १२ : नेकपा एमालेको सचिवालय बैठक जारी छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बिहान १० बजेपछि बैठक सुरु भएको हो । 

राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो । बैठकले सरकारबारे पनि निर्णय गर्नेछ ।

एमालेसँग गठबन्धन गरेर सत्ताको नेतृत्वकर्ता दल माओवादीले राष्ट्रपति निर्वाचनमा ८ दलसँग सहमित गर्दै कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णय गरेपछि एमाले सत्ताबाट बाहिरिने निश्चित बनेको छ।

प्रकाशित मिति: ११:०८ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्