Kathmandu Press

८ दलीय गठबन्धनको बैठक बस्दै

गठबन्धनका राष्ट्रपतिको उम्मेदवारका प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो।
८ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडाैं, माघ १३ : शुक्रबार साँझ मात्र बनेको आठ दलीय सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ। गठबन्धनका राष्ट्रपतिको उम्मेदवारका प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो।

बैठक दिउँसो १ बजे संघीय संसदको लोहत्से हलमा बस्ने छ।

८ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदावार बन्ने छन्। गठबन्धनले शुक्रबार साँझ नै राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार उठाउने निर्णय गरेको थियो ।

कांग्रेसको आज बिहान बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

पौडेलले दिउँसो २ बजे संसद भवनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने बताइएको छ।

 

प्रकाशित मिति: ११:०३ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्