Kathmandu Press

प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री, देउवाले चुनावी सरकारको नेतृत्व गर्ने

प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री, देउवाले चुनावी सरकारको नेतृत्व गर्ने

काठमाडौं, फागुन १३ : नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पालैपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। 

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको कार्यकालमा सहमति जुटाएका हुन्।

सहमतिअनुसार हालका प्रधानमन्त्री प्रचण्डले पहिलो साढे २ वर्ष कार्यकाल सम्हाल्नेछन् । त्यसपछिको एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री बन्नेछन् । बाँकी रहेको साढे एक वर्ष कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको हो।

कांग्रेसलाई राष्ट्रपति दिन माओवादी केन्द्रसहित साना दलहरु पनि सहमत भएपछि माधव नेपाल पछि हटेका थिए । त्यसपछि  तीन नेताहरु छुट्टै बसेर प्रधानमन्त्री कार्यकालको भागबन्डा टुंग्याएका हुन्। 

त्यस्तै जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने सहमति पनि शुक्रबारको बैठकले गरेको छ।


 

प्रकाशित मिति: १०:४५ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्