Kathmandu Press

कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदावर

शनिबार बिहान बसेको पार्टी केन्द्रिय कार्यसमिति बैठकले पौडेललाई राष्ट्रपति उम्मेदवार बनउने निर्णय गरको हो।
कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदावर

काठमाडाैं, माघ १३ : नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रमचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बन्ने भएका छन्।

शनिबार बिहान बसेको पार्टी केन्द्रिय कार्यसमिति बैठकले पौडेललाई राष्ट्रपति उम्मेदवार बनउने निर्णय गरको हो।

पौडेल ८ दलको साझ राष्ट्रपतिको उम्मेदवार बन्ने छन्। कांग्रेस, माओवादी, नेकपा एस, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार साँझ राष्ट्रपति कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो।

कांग्रेस वरिष्ठ नेता पौडेलले दिउँसो २ बजे मनोनयन दर्ता गर्ने बताइएको छ। मनोनयन दर्ताका लागि ८ दलीय गठबन्धनका सबै नेताहरु संसद् भवन बानेश्वर पुग्नेछन्।

राष्ट्रपतिका लागि उम्मेदवारी दर्ताका लागि आज १० देखि ३ बजेसम्मको समय छुट्याइएको छ।

प्रकाशित मिति: १०:१५ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्