एमाले सचिवालय बैठक बस्दै
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो।
काठमाडाैं, माघ १३ : नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्दै छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो। आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ।
एमालेसँग गठबन्धन गरेर सत्ताको नेतृत्वकर्ता दल माओवादीले राष्ट्रपति निर्वाचनमा ८ दलसँग सहमित गर्दै कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णय गरेपछि एमाले सत्ताबाट बाहिरिने निश्चित बनेको छ।
प्रकाशित मिति: ०९:२० बजे, शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










