रापप्राले डाक्यो आकस्मिक बैठक
शुक्रबार साँझ सत्ताको नेतृत्वकर्ता दल माओवादीसहित ८ दलले राष्ट्रपति निर्वाचतमा एक ठाउँमा उभिने निर्णय गरेसँगै मुलुकको परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न राप्रपाले आकस्मिक बैठक बोलाएको हो।
काठमडाैं, माघ १३ : सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज आकस्मिक बैठक बोलाएको छ।
शुक्रबार साँझ सत्ताको नेतृत्वकर्ता दल माओवादीसहित ८ दलले राष्ट्रपति निर्वाचतमा एक ठाउँमा उभिने निर्णय गरेसँगै मुलुकको परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न राप्रपाले आकस्मिक बैठक बोलाएको हो।
केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बस्नेछ। बैठकमा राष्ट्रपति निर्वाचन र वर्तमान गठबन्धन टुटेकाले सरकारमा बस्ने–नबस्ने विषयमा पनि छलफल हुने बताइएको छ।
राप्रपाले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय यसअघि नै गरिसकेको छ।
प्रकाशित मिति: ०८:४३ बजे, शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)