Kathmandu Press

राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले बिहान ८ः३० बजे बस्ने बैठकले पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवारबारे निर्णय गर्नेछ।
राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

काठमाडौं, माघ १३ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले बिहान ८ः३० बजे बस्ने बैठकले पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवारबारे निर्णय गर्नेछ।

बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयन, चितवनमा हुने उपनिर्वाचनका लागि दत दर्तालगायत विषयमा निर्णय हुने  पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ।

कांग्रेसबाट राष्ट्रपति उम्मेद्‌वार बन्‍न रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाले दाबी गरिरहेका छन् । पौडेल उम्मेदवार बन्न सम्भावना प्रवल छ।

 

प्रकाशित मिति: ०७:५९ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्