Kathmandu Press

घरबारविहीनका लागि नवीन र दीपेश तताए स्टेज

काठमाडौं, पुस २७ : बढ्दो चिसोसँगै साझँपख वर्षौदेखि नदेखिएको दुई अनुहार हेर्न लालायित आखाँहरु कुन बेला उनीहरु आउँछन् भनी अघिल्तिर बत्तिको उज्यालो तर्फ ....

घरबारविहीनका लागि नवीन र दीपेश तताए स्टेज

काठमाडौं, पुस २७ : बढ्दो चिसोसँगै साझँपख वर्षौदेखि नदेखिएको दुई अनुहार हेर्न लालायित आखाँहरु कुन बेला उनीहरु आउँछन् भनी अघिल्तिर बत्तिको उज्यालो तर्फ हेरिरहे। दर्शकको पखाईलाई केहि न्यानो बनाउन नवयुवक आयुष्मान विष्टको जोसिलो प्रस्तुति ‘चरी म¥यो सिसैको गोलीले’ र ‘तिमिलाई देखेको मैले हिजोराति सपनीमा’ गीतको रौनकपछि झुल्किए गायक दिपेश के भट्टराई।

आफ्नो लेजेन्ड ब्यान्डका साथ देखिएका दिपेशले ‘तिम्रो साथ कहिल्यै नछुटोस्’ गायिकी सुनाइरहँदा उपस्थित दर्शकहरु भने उहि टिभि स्क्रिनमा देखिने उनको अनुहारमा भुलिरहे। उपस्थित मायालु नवजोडीमा पुगेको उनको आखाँले टुटेको मुटुको जमातलाई पछ्याउदै सुनाए ‘निश्चल छ तिम्रो माया भन्ने गथ्र्यौ।’

आफ्नो करियरमा सुरुआती चिनारी रहेको बताउँदै उनले ‘मलाई माफ गरिदेऊ’ बोलको गीत पस्कदा सांगीतिक साँझ मग्न हुँदै झुमिरहेको थियो। ‘के म तिम्रो साथी बन्न सक्छु’मा उनीसँगै सुरमा सुर मिलाइरहँदा उनी भने आफ्नो अन्तर मन संगीत र गीतको भाव डुबाउँदै आखाँले दर्शकको चहपहलाई निहायली रहेँ।

Hardik ivf

‘एकै नजरमा माया बस्यो है’, ‘जुनेली रातको शितल हावामा’, ‘किन मलाई यस्तो यस्तो ग¥यौ’, ‘माया मलाई गर या नगर’, ‘तिम्रो माया’ प्रस्तुति दिइरहेछ। त्यहि क्रममा उनले ‘भेडाको ऊनजस्तो’ गीत गाउँदा उनी गाउँको स्मरण गरिरहेका थिए।

अनि उदाए अर्का गायक नवीन के भट्टराई। हँसिलो अनुहार र मुस्कानका साथ आएका उनले आफ्नो अतृप्त ब्यान्डको साथमा मायालुका यादहरु समेटिएको गीत ‘साँझपख एकान्तमा’ सुनाइरहँदा छिप्पिदै गएको शुक्रबारको रातलाई सुमधुर बनाई रहे। ‘आँखामा तिमिलाई’ गीतको सुराआती चरणमै दर्शकको हुटिङले झन् उर्जाशील बनेका उनले यस प्रस्तुति लगतै ‘तिमिले हेर्दा कसैलाई’ ताललाई छिट्टै आफ्नो पकडमा पारिहाले।

उनका चर्चित गीतहरुमा ‘शायद तिमी नै हौ’ र ‘तिमी हौ लाखौंको धड्कन’ले मन्त्रमुग्ध बनेको माहोल ‘ए झरी नझरी देऊ यसरी’ बोलमा उनको स्वर गुञ्जिँदा उपस्थित सबै संगीत पारखीहरु उहि सुर अनि तालमा आफैलाई डुबाईरहेका थिए।  

नेपाली कलाकारहरु र दर्शकबीच बढ्दै गएको दूरीलाई मेटाउने प्रयास फ्रेन्डस अफ लाजिमपाटले ‘टु लेजेन्डस् अन वन स्टेज’ कार्यक्रममा गरेको हो। यस कार्यक्रममा सहभागी हुन लामो सययदेखि अमेरिका बसोबास गर्दै आएका दीपेश र नवीनको बेजोड साथ कार्यक्रममा देखिएको हो।

दुवै गायकको सांगीतिक प्रस्तुतिबाट उठेको रकम घरबारविहीन भई सडकमा जीवन गुजारिरहेका मानिसको सहयोगमा जाने आयोजकले जनाएको छ। नेपाली कलाकारहरु र दर्शकबिचको बढ्दै गएको दुरीलाई मेटाउने प्रयास फ्रेन्डस अफ लाजिमपाटले ‘टु लेजेन्डस् अन वन स्टेज’ कार्यक्रममा गरेको हो । पौष २५ गते आयोजित उत्त कार्यक्रममा सहभागी हुन लामो सययदेखि अमेरिका बसोबास गर्दै आएका दिपेश र नविनको बेजोड साथ कार्यक्रममा देखिएको हो ।  दुवै गायकको सांगीति प्रस्तुतिबाट उठेको रकम घरबारविहिन भई सडकमा जीवन गुजारिरहेका मानिसहरुको सहयोगमा खर्च गर्ने फ्रेन्डस अफ लाजिमपाटका मोहित मर्दन थापाले बताए । ‘हामी यो कार्यक्रमबाट उठेको रकमबाट घरबारहिहिन भएर सडकमा पुगेकाहरुको सहयोगमा खर्च गर्ने छौ’ थापाले भने। 

प्रकाशित मिति: १५:१४ बजे, आइतबार, पुस २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्