राष्ट्रपतिका लगि आज उम्मेदवारी दर्ता हुँदै
निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएपछि उम्मेदवारको सूची आजै ४ बजेसम्म सार्वजनिक हुनेछ । दलहरूले उम्मेदवार कसलाई बनाउने भन्ने यकिन हुन बाँकी छ।
काठमाडाैं, माघ १३ : फागुन २५ मा राष्ट्रपति निर्वाचन राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ताका लागि शनिबार १० बजेदेखि अपराह्न ३ बजेसम्म निर्धारण गरिएको छ।
निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएपछि उम्मेदवारको सूची आजै ४ बजेसम्म सार्वजनिक हुनेछ । दलहरूले उम्मेदवार कसलाई बनाउने भन्ने यकिन हुन बाँकी छ।
कांग्रेस र एमालेले उम्मेदवार उठाउने सम्भावना छ । शुक्रबार बेलुका मात्रै कांग्रेस, माओवादी, नेकपा एसलगायत ८ दलले राष्ट्रपतिमा कांग्रेसका साझा उम्मेदवार उठाउने सहमति गरेका छन्।
कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पाैडेललाई उम्मेदवार बनाउने सम्भावना प्रवल छ। अाज बस्ने कार्यसम्पादन समितिकाे बैठकले उम्मेदवारकाे टुंगाे लगाउनेछ।
संघीय सांसद र प्रदेश सांसद राष्ट्रपति निर्वाचनका मतदाता हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदाताको अन्तिम नामावली शुक्रबार सार्वजनिक भएको छ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको विरोधमा आइतबारसम्म उजुरी दिन सकिनेछ । उजुरी परेमा सोमबार जाँचबुझ गरी त्यही दिन नाम सार्वजनिक हुनेछ । उम्मेदवारको अन्तिम नामावली मंगलबार प्रकाशन हुनेछ ।
संसद् भवन बानेश्वरमा मतदानस्थल तोकिएको छ । उम्मेदवारी दर्ता पनि संसद्कै ल्होत्से भवनमा हुँदै छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










