Kathmandu Press

८ दलको निर्णयले देशलाई अस्थिरतातर्फ धकेल्यो : ज्ञवाली

एमालेसँगको गठबन्धन तोड्दै माओवादी केन्द्रले कांग्रेस, एकीकृत समाजवादीलगायतका ८ राजनीतिक दलसँग गबन्धन गरेपछि नेता ज्ञवालीले त्यसले देशलाई अस्थिरतामा लैजाने बताएका हुन्।
८ दलको निर्णयले देशलाई अस्थिरतातर्फ धकेल्यो : ज्ञवाली

काठमाडौं, माघ १३ : एमाले उपमासचिव प्रदीप ज्ञवालीले ८ राजनीतिक दलका पछिल्लो निर्णयले देशलाई अस्थिरतातर्फ धकेलेको बताएका छन्।

एमालेसँगको गठबन्धन तोड्दै माओवादी केन्द्रले कांग्रेस, एकीकृत समाजवादीलगायतका ८ राजनीतिक दलसँग गबन्धन गरेपछि नेता ज्ञवालीले त्यसले देशलाई अस्थिरतामा लैजाने बताएका हुन्।

'यो राजनीतिलाई अनन्त अस्थिरतातर्फ धकेल्ने निर्णय हो । जुन कोर्समा देशअघि बढ्न खोजेको थियो त्यसलाई जनताले नै राम्रो मानेका थिए । आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पनि देखा पर्ने थालेको थियो मुलुकलाई फेरि अस्थिरता अन्यौल सत्ताको लुछाचुडी र भागबण्डामा लैजाने र विस्तारै लोकतान्त्रमाथिनै वितृष्णा बढाउन दिशातर्फ जाने निर्णय हो', ज्ञवालीले भने ।

उनले यसले राजनीतिमा विश्वास, संकट, धोकाधडी र आफूले दिएका वचनहरुलाई क्षणक्षणमै फेर्ने विषय हाबी भएको छ भन्ने देखाएको बताए।

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तागठबन्धन तोडेको पजि बताएका छन् । कांग्रेस, माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउने निर्णय गरेर गठबन्धन तोडेको बताएका छन् ।

ज्ञवालीले यो गठबन्धन निर्माणमा बाह्य शक्तिहरुको चलखेल निकै देखिएको बताए । यसले नेपालको आन्तरिक मामिलामा आँफैं निर्णय गर्ने विषयलाई पनि कमजोर बनाएको उल्लेख गरे।

प्रकाशित मिति: ०६:४३ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्