नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउने

काठमाडाैं, फागुन १२ : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।
ट्रकमा आगजनी गरेको घटनामा दोषी ठहर भइ जेल चलान भएका चाैधरी प्रजातन्त्र दिवसका अवसरमा रिहा भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिएपछि रिहा भएका चाैधरीकाे नामावलीमा नाम समावेश गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीले निवेदन दिएको थियो ।
उक्त निवेदनका आधारमा मतदाता नामावलीमा चौधरीको नाम समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो संगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा ८८२ जनाले मतदान गर्न पाउनेछन् ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तय भएको छ ।
प्रकाशित मिति: १९:५८ बजे, शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










