Kathmandu Press

तेह्रथुमकाे आगलागीमा परी २ बालककाे मृत्यु

आगलागीमा परेर हिलिहाङ गाउँपालिका ७ भारपाका शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खातीकाे मृत्यु भएकाे हाे।
तेह्रथुमकाे आगलागीमा परी २ बालककाे मृत्यु

काठमाडाैं, फागुन १२ : तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाको हात्तिखर्कमा भएकाे आगलागीमा परी २ बालककाे मृत्यु भएकाे छ। आगलागीमा परेर हिलिहाङ गाउँपालिका ७ भारपाका शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खातीकाे मृत्यु भएकाे हाे।

हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा शुक्रबार दिँउसो २ बजे भएको आगलागीमा उनीहरुको ज्यान गएको हो । मृत्यु भएका खाती सोही घरमा बस्दै आएका थिए । छिमेकी शरण पन्थाकका छोरा सेसेहाङ उनीसँग खेल्ने क्रममा आगलागीमा परी मृत्यु भएको हो ।

उनीहरुको शव घरको माथिल्लो तलामा जलेर चिन्नै नसक्ने अवस्थामा भेटिएको थियाे।

प्रकाशित मिति: १९:५२ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्