यू–१९ विश्वकप छनोटमा सिंगापुरमाथि नेपालको सानदार जित

काठमाडाैं, फागुन १२ : युएईमा जारी यू–१९ विश्वकप छनोटमा नेपाली युवा टिमले सानदार जित निकालेको छ। शुक्रबार युएईमा भएको खेलमा नेपालले सिंगापुरमाथि ९६ रनको सादनर जित निकलेको छ।
पहिला ब्याटिङ गर्दै नेपालले २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १६५ रनमात्रै बनाउन सक्यो।
सिंगापुरका आर्यन मोदीले सर्वाधिक ५८ रन बनाउँदा सिद्धान्त श्रीकान्त ४४ रन बनाए। अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन्।
सिंगापुरलाई सस्तैमा रोक्ने क्रममा नेपालका सुवास भण्डारीले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए भने हेमन्त धामीले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङको गरेको नेपालले विशाल विक्रम केसी र आकाश त्रिपाठीको अर्धशतक मद्दतमा ७ विकेटको क्षतिमा २६१ रन बनायो । आकाशले १ सय बलमा ७ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ७८ रन बनाउँदा त्यस्तै विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रन बनाए।
यस्तै, अर्जुन कुमाल ६७ बलमा ३७ रन बनाउँदा कप्तान देव खनाल २६ बलमा २१ रन बनाए। सिंगापुरका आर्यविर चौधरी र अभ्युदय छाजेर समान २ विकेट लिए।
यू–१९ विश्वकपको एसिया छनोटमा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










