Kathmandu Press

तेह्रथुमकाे आठराईमा आगलागी, ७ घर जलेर नष्ट

प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि आगलागी भइरहेको छ र आगाे निभाउने प्रयास भइरहेकाे चुहानडाँडा प्रहरी चौकीले जनाएकाे छ। 
तेह्रथुमकाे आठराईमा आगलागी, ७ घर जलेर नष्ट

काठमाडाैं, फागुन १२ : तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाको हात्तिखर्कमा आगलागी भएकाे छ। आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् ।

आगलागीकाे कारण हालसम्म ७ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि आगलागी भइरहेको छ र आगाे निभाउने प्रयास भइरहेकाे चुहानडाँडा प्रहरी चौकीले जनाएकाे छ। 

आज अपराह्न गाउँको फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो ।

आगो निभाउने कार्यमा प्रहरी र स्थानीयबासिन्दा खटिएका छन् । सुख्खा मौसम भएकाले आगो निभाउन समस्या भएको वडाध्यक्ष कृष्ण बास्कोटाले बताए । पानीसमेत नभएकाले स्याउलाको मद्दतले आगो निभाउने कार्य भइरहेको छ।

 आगलागीको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति: १८:३५ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्